नियम ३४
मनोसामाजिक सेवा
(१) बाल सुधार गृहले बालबालिकालाई देहाय बमोजिमका आधारमा मनोसामाजिक सेवा उपलव्ध गराउने व्यवस्था गर्नु पर्नेछ:-
(क) समाजसेवी वा बालमनोबिज्ञले अदालतमा पेश गरेका प्रतिवेदन,
(ख) : बालबालिकाले गरेको कसूरको विवरण र त्यसबाट निजलाई परेको मानसिक असर, निजले कसूर गर्नाको कारण,
(ग) बालबालिकाको सुधारका सम्बन्धमा समाजसेवी वा बालमनोविज्ञ वा अदालतले गरेको सिफारिस,
(घ) बाबुआमा वा परिवारका सदस्य वा संरक्षक समेतसँगको समन्वय ।
(२) बाल सुधार गृहले बालबालिकालाई समाजसेवी वा बालमनोविज्ञले मनोवैज्ञानिक वा मनोसामाजिक सेवा उपलब्ध गराउँदा निजको गोपनीयताको हकको संरक्षण हुने गरी गर्नु पर्नेछ । (३) बाल सुधार गृहले समाजसेवी तथा बालमनोविज्ञले गरेको मूल्याङ्कन, विश्लेषण र मनोसामाजिक अवस्थाको विवरण बालबालिकाको व्यक्तिगत विवरणमा समेत उल्लेख गर्नु पर्नेछ ।